सोनादा: जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै पञ्चायत चुनावमा जनताले माया र भरोसा देखाएको धन्यवाद दिएका छन्। उनले आफु २०२१ मा सोनादामा को-अर्डिनेटर भएर आउँदा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक धरातल लथालिङ्गै थियो साथै यस समष्टीमा विकासको कार्यहरू पनि लाथालिङ्गै थियो। तर २०२२ मा आफु यस सोनादा पचेङ समष्टीको सभासद निर्वाचित भएपछि संगठन र विकासको कार्यहरू गर्दै आईरहेको र यसपाली पञ्चायत चुनावमा सोनादा पचेङ समष्टीको सम्पूर्ण जनताले मलाई विश्वास, भरोसा र माया देखाएकोमा आभारी छु भनी बताएका छन्। सभासद अनोश थापाले सोनादा क्षेत्रका विभिन्न समस्याहरू विषयमा बोल्दै भने, ‘सोनादाको मूलभूत समस्याहरू भनेको पानी, सड़क, पार्किङ, डम्पिङ ग्राउण्ड, सेनिटेशन मुख्य रहेको र यी सबै समस्याहरू समाधान गर्नलाई पालैपालो कार्य गर्दै जानेछौं। या समस्याहरू समाधानक लागि जीटीएबाट कार्य थालिएको पनि बताउँदै हाम्रो सोनादा राम्रो सोनादा बनाउन निरन्तर कार्य गर्दै आईरहेका छौं। यस कार्यमा सोनादा पचेङ समष्टीको सम्पूर्ण जनताले साथ दिईरहेका छन्। अहिलेको समय नेताप्रति विश्वास गर्न छाडेका छन् , नेताको कार्य प्रणालीप्रति विश्वास गर्दैनन्। तर म भूमिपुत्र नभए पनि समष्टीको जनताले मलाई माया, विश्वास र भरोसा देखाएको छ अनि म यस समष्टीको परिवार र छोरा भएर कार्य गरिरहेको छु। मेरो दिमागमा पनि केवल सोनादा पचेङ समष्टी छ हालांकि म सम्पूर्ण जीटीए क्षेत्रको सभासद हो।’ सभासद थापाले अघि भने, ‘सोनादाको मुख्य समस्या भनेको नै पार्किङ हो र पार्किङको समस्या समाधानको लागि प्रमुखता दिएर कार्य गर्नलाई तयार रहेको र अब चाढ़ै कार्य गरिनेछ। त्यसरी नै सोनादाको अर्को मुख्य समस्या भनेको डम्पिङ ग्राउण्ड हो जसले गर्दा सोनादालाई समस्यामा पारेको छ जसको समाधानको लागि कार्य गरिनेछ। यहाँको सेनिटेशनको लागि पनि कार्य गरिनेछ। सोनादा क्षेत्रका विभिन्न समस्याहरू समाधानको लागि विस्तारै पालैपालो कार्य गरिनेछ। यसपाली मेरो कार्यहरू हेरेर सोनादा पचेङ समष्टीको जनताले जुन विश्वास, भरोसा र माया दिएका छन् त्यसको पूर्ण रूपमा विकासको कार्यहरू गरिनेछ।’