जंगपाना र जोगामाया बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेस

IMG-20230716-WA0377.jpg

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टको क्वाटर फाईनल खेल आज सम्पन्न भएको छ। उक्त क्वाटर फाईनल खेलमा आफ्नो आफ्नो खेलहरू जितेर जंगपाना र जोगामाया चियाबारी सेमी फाइनलमा प्रवेस गरेको छ। आज पहिलो क्वाटर फाईनल खेल जंगपाना र गुञ्जमान एफसी सिविटार कोठीडाँडामाझ सम्पन्न भएको थियो। यस खेलमा निर्धारित समयावधि दुवै दलमाझ २-२ गोल भएर ड्र भएपछि पेनल्टी शुट आउटमा जंगपानाले २-१ को अन्तरले खेल जितेर सेमिफाइनलमा प्रवेस गरेको छ। आज दोस्रो क्वाटर फाईनल खेल जोगामाया चियाबारी र रोहिणमाझ सम्पन्न भएको थियो। उक्त खेलमा पनि निर्धारित समयसम्म दुवै दलमाझ एक एक गोलको बराबरीमा खेल समाप्त भएको थियो। यस खेलमा पेनल्टी शुट आउट सम्पन्न भएको थियो। तर पेनल्टीमा पनि दुवै दलमाझ ४-४ गोल गरेर बराबरी भएपछि टस हुँदा जोगमाया चियाबारी बिजय भएर सेमी फाइनलमा प्रवेस गरेको छ। आजको खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको पक्षबाट रोहण लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement