गिताङ्गे चियाबारीमा भागोप्रमोद्वारा धन्यवाद सभा सम्पन्न

IMG-20230716-WA0340.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा धन्यवाद सभाको आयोजना गरेको छ। यसपालीको पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गिताङ्गे चियाबारीमा पञ्चायत सदस्य निर्विरोध निर्वाचित रहेका थिए। यसरी गाउँ समाज मिलेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीलाई निर्विरोध बिजय बनाएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गिताङ्गे शाखाद्वारा आज धन्यवाद सभाको आयोजना गरेको थियो। उक्त धन्यवाद सभा बीके विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सञ्चालन गरेका थिए।

सभामा गिताङ्गे बुथ कमिटीको सचिव उदय छेत्री लगायत भागोप्रमोको युवा, नारी, ट्रेड र सम्पूर्ण गाउँवासीहरूलाई धन्यवाद दिइएको थियो। यसै धन्यवाद सभामा गिताङ्गे गाउँलाई लिएर निर्माण गरिएको गीतको लागि गीतकार सुकुमार बराईली र गायक मोहित भुजेलप्रति गाउँलेहरूद्वारा आभार प्रकट गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement