नुपुर शर्मामाथि सर्वोच्च अदालतको सशक्त टिप्पणी

Nupur-Sharma-1

नयाँ दिल्ली: सर्वोच्च अदालतले पैगम्बर मोहम्मदको बारेमा गरेको टिप्पणीलाई लिएर नुपुर शर्मालाई कडा आलोचना गरेको छ। यसै बयानका कारण देशभर दुर्भाग्यपूर्ण घटना भइरहेको छ भन्ने सर्वोच्च अदालतको भनाइ छ। सर्वोच्च अदालतले नुपुर शर्माको भनाइलाई चिन्ताजनक बताएको छ। यसै क्रममा नुपुर शर्माले आफ्नोविरुद्ध देशभर दर्ता भएका मुद्दाहरू दिल्लीमा सार्ने निवेदनमा सुनुवाइ गर्न गुहार लगाएकी थिइन्। सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जेबी पर्दिवालाको अदालतसमक्ष भाजपाका पूर्व प्रवक्ताले आफ्नो विरुद्ध देशभर दर्ता भएको मुद्दालाई दिल्लीमा सार्न आग्रह गर्दै आफू अझै पनि यस विषयमा खतरामा रहेको बताएकी थिइन्। त्यसमा सर्वोच्च अदालतले ‘तपाई खतरामा हुनुहुन्छ वा देशका लागि खतरा छ’ भनेको छ। सर्वोच्च अदालतले पुलिसमाथि पनि कडा टिप्पणी गर्दै नुपुरलाई अहिलेसम्म किन कारबाही गरेको छैन भन्ने कुरा उठाएको छ। सर्वोच्च अदालतले नुपुर शर्माले आफ्नो बयानका लागि देशसँग बिना शर्त माफी माग्नुपर्ने बताएको छ। सर्वोच्च अदालतले ढिलो भइसकेको भन्दै नुपुर शर्माले राष्ट्रिय टेलिभिजनमा गएर आफ्नो बयानका लागि देशसँग माफी माग्नुपर्छ भनेको छ। सर्वोच्च अदालतले कुनै पनि राष्ट्रिय पार्टीका प्रवक्तालाई टेलिभिजनको बहसको दौरानको बयानबाजी जेसुकै बोल्ने अनुमति नदिनु भनेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *