टिस्टा रङ्गीत रेस्क्यु टिमद्वारा खोजी अभियान जारी
टिस्टा: एनएच १० अन्तर्गत गेल खोला नजिक टिस्टा नदीमा ट्रक झरेको छ भने टिस्टा रङ्गीत रेस्क्यु टिमद्वारा खोजी अभियान जारी राखिएको छ।
आज बिहान सिलगढीदेखि सिक्किमतर्फ गईरहेको ट्रक गेल खोला नजिक रभीझोडाबाट टिस्टा नदीमा झरेको दु:खद समाचार प्राप्त भएको छ।
उक्त ट्रकको मालिक सन्तोष छेत्री २९ माईल निवासी रहेको थाहा लागेको छ। टिस्टा पुलिस अनि टिस्टा रङ्गीत रेस्क्यु टिमले गाडी खोजी अभियान जारी राखेको छ। बर्खामासमा पानीको जलस्तर ज्यादा भएको कारण
टिस्टा रङ्गीत रेस्क्यु टिमलाई खोजी अभियान गर्न निक्कै गार्हो परिरहको कुरा संस्थाका प्रमुख शान्ति राईले बताएकी छिन्।यद्यपि टिस्टा नदीको गहिराईमा टिस्टा रङ्गीत रेस्क्यु टिमले खोजी अभियान जारी राखेको छ। यसभन्दा अघि पनि टिस्टा रङ्गीत रेस्क्यु टिमले नदीबाट थुप्रै गाडीहरू उद्दार गर्न सफल भएको छ।