खरसाङको वार्ड नम्बर १९ स्थित ग्राम कल्याण समितिद्वारा भानु जयन्ती कार्यक्रम सम्पन्न

IMG-20230716-WA0331.jpg

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १९ को क्याम्प साइट ग्राम कल्याण समितिद्वारा गत वर्ष झैं यस वर्ष पनि आदिकवि भानुभक्त आचार्य जन्म जयन्ती पालन गरिएको छ। आज सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता क्याम्प साइट ग्राम कल्याण समितिका कोषाध्यक्ष तापेश्वर राउतले गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव सुवास प्रधानले गरेका थिए। कार्यक्रमको शुरुमा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती विषयमा गाउँका वरिष्ठ नागरिक उमा लोहागणले आदि कवि भानुभक्त आचार्यको जीवनी र योगदान विषय लिएर जानकारी गराएका थिए। यसको साथै कार्यक्रमको शुरूवातमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा धुप दीप प्रज्वलनसहित खदार्पणको कार्य गाउँका वरिष्ठ नागरिकहरूको बाहुलीबाट गरियो। यसको साथै आदि कवि भानुभक्त अाचार्यको जन्म जयन्तीको पावन अवसरमा विभिन्न कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सञ्चालन गर्दै क्याम्प साइड ग्राम कल्याण समितिको सचिव सुवास प्रधानले समितिले हरेक वर्ष भानु जयन्ती पालन गर्दै आईरहेको तर यसपालीको समयको व्यस्तताको कारणले तीन चार दिनपछि भानु जयन्ती पालन गरिएको बताउँदै आदि कवि भानुभक्त अाचार्यको कारणले नै हामीले नेपाली भाषामा लेख्न र बोल्न सकेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement