खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सांगठनिक सभा महकुमा समितिको सभापति कमल श्रीवालको अध्यक्षतामा सम्पन्न भयो। सभामा खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न शाखाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सल्लहाकार सुवास मंग्राती र प्रकाश श्रीवाल, उप सभापति सुष्मा सिंह लगायत विभिन्न शाखाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा नेपाली अनुसूचित जातिहरू कामी, दमाई अनि सार्कीको हक र अधिकारको विषयमा चर्चा परिचर्चा गर्दै खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न शाखाहरूलाई मजबुत बनाउने विषयमा चर्चा परिचर्चा गरिएको छ। अनुसुचित जातिको हक र अधिकार साथै संवैधानिक अधिकार विषयमा एउटा पुस्तक नै बनाएर प्रत्येकको घरमा वितरण गरिने सभामा निर्णय गरिएको छ। त्यसरी नै यसपालीको ग्राम पञ्चायत चुनावमा अनिसूचित जातिको धेरैले भाग लिएर कतिजनाले जीत पनि हाँसिल गरेकोले सबैलाई शुभकामना दिइएको छ।

अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको कार्यकारी समितिमा रहेका दुईजना क्रमैले घैयाबारी एक ग्राम पञ्चायतको बरबुङबाट गायत्री मंग्राती र पाण्डु ग्राम पञ्चायतबाट विशेष खातीले पञ्चायत चुनावमा जीत हाँसिल गरेकोले सभामा खदार्पणसहित सम्मान जनाइएको छ। आजको सभा विषयमा सभापछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सचिव प्रणय रोकाले विस्तृत रुपमा जानकारी गराएका छन्।