जीटीएले मरमत्ति गरेको दुई महिनाभित्रमा नै जीर्णावस्थाले गर्दा स्थानीय युवाहरू मिलेर सोनादादेख मुण्डा रंगमुक सिडर्स जाने रोडको मरमत्ति

IMG-20230716-WA0314.jpg

सोनादा: सोनादादेखि मुण्डा रंगमुक सिडर्स जाने रोडको रमिते क्षेत्रमा मरमत्ति गरिएको छ। अप्पर पचेङको डिभाइन ग्रुपका सदस्यहरू मिलेर सोनादादेखि मुण्डा रंगमुक सिडर्स जाने रोडको रमिते क्षेत्रमा मरमत्ति कार्य सम्पन्न गरेका छन्। उक्त ग्रुपका स-साना बेकारी भाइहरू मिलेर आफ्नै खर्चमा रोडको मरमत्ति कार्य सम्पन्न गरेका छन्। उल्लेखनीय छ केही महिना अघि मात्र जीटीएद्वारा उक्त रोडको मरमत्ति गरिएको थियो। लगभग ३१ लाख रुपियाँ बराबरको लागत खर्चमा उक्त रोडको मरमत्ति गरिएको थियो। तर केही महिना पनि नभई नै रोड जीर्णावस्थामा पुगेको छ। उक्त रोडको जीर्णावस्थाले गर्दा स्थानीयहरूलाई हिँड्नु र गाड़ी चालकहरूलाई गाड़ी चलाउन धेरै असुविधा भईरहेको कारणले गर्दा उक्त उक्त ग्रुपका युवाहरू मिलेर यो रोडको मरमत्ति गरिएको छ। यस रोडको मरमत्ति विषयमा डिभाइन ग्रुपका सदस्य दिनु राईले पत्रकारहरूसित कुराकानी गर्दै सोनादादेखि मुण्डा रंगमुक सिडर्स जाने रोडको मरमत्ति जीटीएद्वारा १-२ महिना अघि मात्र गरेको थियो।

उक्त रोडको मरमत्ति ३१ लाख रूपियाँ बराबरको लागत खर्चमा गरिएको भए पनि बाटोको अवस्था हेर्दा ३१ लाख होइन तर ५० हजार जति मात्र खर्च भएको देखिएको आरोप लगाएका छन्। उनले यो रोडको जीर्णावस्थाको कारणले स्थानीयहरूलाई हिँड्नु र गाड़ी चालकहरूलाई गाड़ी चलाउन धेरै असुविधा भईरहेको कारणले युवाहरू मिलेर पैसा संकलन गरेर रोडको मरमत्ति कार्य गरिएको र भविष्यमा पनि यसरी नै मरमत्तिको लागि स्थानीयहरूले सहयोग गर्ने आशा राखेको बताएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement