गोरुबथान(महेश्वर प्रधान): पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीको विशेष पहलमा १४ जुलाईदेखि राज्यभरि वनमहोत्सव पालन गरिदैछ। कालिम्पोङ बन विभागको तत्परतामा नेउरा वन विभागको सहयोगितामा आज पनि सर्वसाधारणलाई विभिन्न प्रजातिका बिरुवा प्रदान गरियो।नेउरा बन बिभागका रेन्जर बिकास दर्जी र बिट अफिसर प्रमोद तामाङले बताएनुसार आगमी १८ जुलाईको दिन एकदिवसीय वृक्ष रोपन ढिपडाडामा समपन्न हुनेछ।ज्ञात रहोस यस दिन सम्पुर्ण बंगालभरिनै वृक्ष रोपन कार्यक्रम रहेको छ।विगत १४ जुलाई देखि विरुवा वितरण भइरहेको र आगमी २० जुलाईसम्म निशुल्क रुपमा बिरुवा वितरण गरिने पनि जानकारी दिएका छन्।

आज नेउरा बन बिभाग पदाधिकारीको पहलमा बन बिभाग कर्मचारी बिबेक प्रधान, सन्जोग गुरुङ, नरेश विश्वकर्माकार ,सामेल मार्डी र निर्मल राईले सोमबारे बजार धर्मशाला छेउमा वितरण गरे।