सरकारी राहत नपाए पनि स्वयंसेवी हातहरूबाट हातेमालो पाउँदै बाढ़ पीड़ित परिवारहरू

d06dc7e9-6105-4e85-99bd-e4d29226986c

कालचिनीः गत बुधबार र बिहीबारको मुसलधारे बर्षासितै बाढ़को ताण्डवले विस्थापित भएका मेचपाड़ा पक्का लाईनका बासिन्दाहरुले घटनाको चार दिन बित्दा पनि सरकारी राहत केही नपाएको गुनासो गाउँलेहरुले गरेका छन्। सरकारी राहत तथा मदतको नाममा बाढ़मा फसेका गाउँलेहरूलाई उद्धार टोलीहरूले सकुशल उद्धार गरेर गएको तर हाल पानी र माटो पसेर बेहाल भएका बस्न नसकिने घरहरूको सरसफाई र माटो थुप्रेको रासलाई निकाल्न अनि खानपिनको कुनै सरकारी व्यवस्था नपाएको गाउँलेहरूको गुनासो रहेको छ।
तथापि धेरै मानवीय ह्रदय बोकेका संघ संस्थाहरूले हाल मेचपाड़ा पक्का लाईनका बासिन्दाहरूको घरमा पुगेर हातमा कोदालो र बेल्चा लिएर आफ्नो श्रमदान गरीरहेको दृश्य परिलक्षित भएको छ। अब यसबीच मुख्यमन्त्री ममता ब्यानर्जीले ट्वीट गर्दै सम्पूर्ण सिँचाई विभाग सहित एसपी र डीएमहरूलाई युद्धस्तरमा पीड़ित मानिसहरूको काम गर्ने निर्देश पनि प्रकासमा आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement