मणिपुरको पैह्रोको चपेटमा परेर सिक्किम निवासी सैनिकको मृत्यु

IMG_20220701_133057.jpg

गान्तोक|सिक्किमका एक सैनिकल मणिपुरको जिरीबामस्थित टुपुल यार्ड रेलवे कन्स्ट्रक्सन क्याम्पमा भएको पैह्रोको चपेटमा परेर ज्यान गुमाएका छन्। उक्त घटनामा उत्तर सिक्किमको अप्पर जङ्गु निवासी छिरिङ लेप्चाको निधन भएको छ। घटनाले इलाकामा शोकको लहर छाएको छ। अप्पर जङ्गुको लिङ्थेम-लिङ्देम ग्राम पञ्चायत अन्तर्गत रुकुल वार्ड निवासी छिरिङ लेप्चा पैह्रोको चपेटामा परेर मृत्यु भएको खबर उनका परिवारलाई बिहिवार दिउँसो प्राप्त भएको थियो।
परिवार पक्षबाट प्राप्त जानकारीअनुसार छिरिङ लेप्चा लगभग डेढ महिना अघिमात्र पोस्टिङ भएर दार्जीलिङबाट मणिपुर गएका थिए। दशौं श्रेणीमा अध्ययनरत रहँदा नै सेवामा भर्ना भएर विभिन्न स्थानबाट सेवा पुऱ्याएका उनी दुई महिना अघि छुट्टीमा आएर परिवारसित भेटघाटपछि फर्किएका थिए। पोस्टिङ भएर मणिपुर पुगेर ड्युटी जोइन गरेपछि पनि तिनको घर आउने योजना रहेको, तर यसै बीच अग्निपथ योजनाका कारण देशभरमा भएको विरोध प्रदर्शनले तिनको छुट्टी स्थगित भएको थियो।
हिजो दिउँसो उनकी पत्नी फुर्मित लेप्चालाई फोन आएर छिरिङ लेप्चा पैह्रोमा परेर बेपत्ता भएको जानकारी दिइएको र लगभग डेढ घण्टापछि उनको मृत शरीर फेला परेको खबर आएको छिरिङका दाजु पिंचो लेप्चाले जानकारी दिएका छन्। आफ्नो भाइको पार्थिव शरीर कसरी घर ल्याउने भन्ने बारेमा कुनै स्पष्ट जानकारी नआएकोले परिवार दोधारमा परेको पनि उनले बताए। भारतीय सेनाको ११औं जीआर ब्राभो कम्पनीमा १३ वर्षको सेवापछि हालै नायक पदमा पदोन्नति पाएका छिरिङ लेप्चाले आफूपछि पत्नी फुरमित लेप्चा, डेढ वर्षीय छोरी मुरुम, पिता ग्याछो लेप्चा, माता, दाजु-भाउजु र भतिजलाई छाड़ेर वीरगति प्राप्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *