शिमलामा दुष्कर्मपछि चार बालिकाको हत्या, काका पक्राउ

Child-Sexual-Abuse-Rep-Image-1-copy-1

शिमला: शिमला जिल्लाको कोटखाईमा मनै विचलित हुने घटना प्रकाशमा आएको छ। यहाँ एक चार वर्षकी बालिकालाई दुष्कर्मपछि हत्या गरिएको छ। बालिकाको घाँटी निचोरेर हत्या गरिएको बताइएको छ। शव घरदेखि लगभग ७० फुट टाड़ामा भेटियो। यस घृणित अपराध मृतक बालिकाकै काकाले गरेको आरोप छ। कोटखाई पुलिसले आरोपित काकालाई पक्राउ गरेको छ। उनीविरूद्ध दुष्कर्म र हत्याको मामिला दर्ता गरिएको छ। शनिबार अबेर राति घटेको उक्त घटनापछि क्षेत्रमा सनसनी फैलिएको छ। पीड़ित परिवार नेपाली मूलको रहेको बताइएको छ। घटनाअनुसार, मृतक बालिकाकी आमा-बाबु शनिबार बिहान आइफल खेतमा काम गर्न गएका थिए। नानी घरमा अन्य एक नानीसॅंग खेलिरहेकी थिइन्। दिउॅंसो जब उनी दुवै घर फर्किए घरमा नानी थिइनन्। उनीहरूले नानीको खोजी गर्न थालेपछि लगभग २०० मिटर टाडो काकाको घर छेउ नानीको चप्पल भेटाए। यसैगरी, घरदेखि लगभग ७० फुट टाडा नानीको शव भेटाए।

नानीकी बाबुले पुलिसमा प्राथमिकी दर्ता गराए, जसपछि पुलिसले तत्काल कारबाही गर्दै आरोपितलाई पक्राउ गरेको छ। ठियोगका डीएसपी सिद्धार्थ शर्माले घटनाको पुष्टि गरेका छन्। आइतबार नानीको पोस्टमार्टम गरिनेछ। अभियुक्तलाई रिमाण्डमा लिन अदालतमा पेश गरिनेछ। अभियुक्त विरूद्ध आईपीसीको धारा ३०२, ३७६ र पोक्सो ऐनअन्तर्गत प्रथामिकी दर्ता गरिएको छ। -हिस       

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement