बाजी लगाउँदै धेरै मोमो खाँदा युवकको ज्यानै गयो

00-1-A-1-copy

मोमो मन नपराउने मानिस विरलै पाइएला। हिजोआज मोमोको क्रेज यति बढेको छ, फूटपाथदेखि लिएर पाँच तारे होटलसम्म नै मोमोले आफ्नो विशिस्ट स्थान बनाएको छl कति मोमो उत्सव आयोजना हुन्छ भने कति कति मोमो खाने प्रतियोगिता पनि आयोजना गरिन्छl कति बाजी लगाएर मोमो खाने गरिन्छl यस्तै बाजी लगाएर धेरै मोमो खाँदा बिहारमा एक युवकले ज्यानै गुमाउनु परेको घटना अघि आएको छ। ती युवकले मृत्यु धेरै मोमो खाएको अवस्थामा भएको बताइएको छ। गोपालगञ्ज जिल्लाको थावे थाने क्षेत्रमा त्यस्तो अनौठो घटना भएको हो। मृतक युवकले मोबाइल मरम्मत गर्ने पसल चलाउने गर्दथे। योसँगै युवकको मृत्युमा पुलिसले मोमोलाई पनि कारण देखाएको छ। अर्कोतर्फ, डाक्टरहरूले पनि यसलाई अस्वीकार गरेका छैनन्।

थावे थानाको सिहोरवा गाउँका २५ वर्षीय विपिन कुमार पासवानले आफ्ना साथीहरूसँग मोमो खानको बाजी लगाएका थिए। विपिनले बाजी जित्न धेरै मोमो खाए। खाना खाएपछि उनी मोबाइल पसलमा पुगे, जहाँ उनको मृत्यु भयो। धेरै मोमो खाँदा युवकको मृत्यु भएको थवेका पुलिस थानाका अधिकारीले बताए। हार-जीतको शर्तमा विपिनले धेरै मोमो खाए। अर्कोतर्फ गोपालगञ्ज सदर अस्पतालका दाकतार्ले मोमो राम्ररी चपाएर नखानु पनि युवाको मृत्युको कारण हुनसक्ने बताउँछन्। मोमोलाई राम्ररी चपाउनुको सट्टा यसरी निल्दा घाँटीमा अड्किन्छ र यस्तो अवस्थामा ज्यानसमेत जानसक्छ।

मृतक विपिनको सिवानको बधरिया थानास्थित ज्ञानी मोड नजिकै मोबाइल मरम्मत गर्ने पसल छ। अहिले प्रारम्भिक अनुसन्धानमा पुलिसले धेरै मोमो खाँदा युवकको मृत्यु भएको बताएको छ। सबै पक्षबाट अनुसन्धान भइरहेको छ। पुलिसले पोस्टमार्टमपछि शव आफन्तलाई सुपुर्द गरिएको छ। यता मृतकका आफन्तले विष खुवाएर हत्या गरेको आरोप लगाएका छन्। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने पुलिसको भनाइ छl  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement