१६ जुलाईः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको दिनको पहिलो म्याचमा सूम कमानले मुण्डा बाँसघारीलाई ४-३-ले पराजित गऱ्यो। यसरी नै दिनको दोस्रो म्याचमा सोनादा आउटपोस्टले मुण्डा बी टीमलाई २-०-ले पराजित गऱ्यो । यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।