१६ जुलाईः अप्पर सीडर्स फूटबल क्लबको आयोजनमा खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा बीबीएफसी दार्जीलिङले आरडीवाईसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल दोस्रो हाफको खेलमा रियो गुरुङले छिराए। यसरी दोस्रो म्याचमा गुञ्जमान एफसी-ले डीपीएफसी बी टीमलाई ६-१-ले पिट्यो। विजेता टीमबाट अंकित तामाङले ह्याट्रिक गरे। यसबाहेक रुपचन्द राई, छोगेल तामाङ र रोहिन सुब्बाले पनि १-१ गोल गरे। डीपीएफसी बी टीमबाट सोहित राईले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।