कोलकाता: चुनावकोकार्य प्रायः जस्तो विद्यालयहरूमा हुनेगर्छl यो पश्चिम बंगालमा मात्र होइन, सबै राज्यहरूमा यस्तो चलन छl तर यसपटक पंचायतको चुनावमा पश्चिम बंगालका कतिपय विद्यालयहरू निक्कै क्षति भएको समाचार छ। कुनै विद्यालयको दैलो-झ्याल भत्किएको छन् भने कुनैमा कक्षाको टेबल र चौकी भाँचिएको समाचार छ।
चुनावका क्रममा कुनै विद्यालयमा क्षति भए विद्यार्थीको पढाइमा कुनै किसिमको क्षति नहोस् भनेर तत्काल क्षतिपूर्ति दिने चुनाव आयोगको नियम छ। यस्तो अवस्थामा क्षतिपूर्ति हिसाब छिट्टै बताउनुपर्ने निर्देशन आयोगको तर्फबाट जिल्लालाई पठाइएको छ। त्यसपछि मात्र विद्यालय शिक्षा विभागले जिल्लागत क्षतिको प्रारम्भिक सूची नवान्नमा पठाउने छ। सबैभन्दा बढी क्षति कहाँ भएको छ भन्ने तथ्यांकबाट बुझ्न सकिन्छ। यसपटक पंचायत चुनावमा सबैभन्दा बढी अशान्ति मुर्शिदाबादमा भएको समाचार छ। शिक्षा विभागले दिएको पत्रमा यो पनि भनिएको छ, मुर्शिदाबादका विद्यालयहरू सबैभन्दा बढी क्षति भएको छ। यहाँ १३५ विद्यालयमा तोडफोड भएको छ। यहाँको रघुनाथगञ्ज मिठीपुर प्राथमिक विद्यालय, नौदाको मालत्यपाडा विद्यालय अनि मुर्शिदाबाद पछि, उत्तर दिनाजपुरमा सबैभन्दा बढी २८ विद्यालयहरूमा क्षति भएको छ। समाचारअनुसार मालदाका २०, कोचबिहारका १० र हावडाका केही विद्यालयहरूमा पनि क्षति भएको छ। प्रारम्भिक गणना अनुसार कुल ३६ लाख ५७ हजार रुपियाँ नोक्सानी भएको विद्यालय शिक्षा विभागले जनाएको छ।