गोलीटार खेल मैदानमा पश्चिम पाण्डाम जीपीयूस्तरीय स्वतन्त्रता दिवस पालन गरिने

IMG-20230716-WA0000.jpg

सिङ्ताम। साउने वार्डको गोलीटार खेल मैदानमा यस वर्ष पनि ७७ औं स्वतन्त्रता दिवस पश्चिम पाण्डाम जीपीयूस्तरीयरुपमा भव्यरुपमा मनाउने निर्णय आज यहाँको नेपाली धर्मशालामा जयश्री छेत्रीको अध्यक्षतामा सम्पन्न सभाले लिएको छ। यस सभाले पश्चिम पाण्डाम जीपीयूकी सभापति श्रीमती कुसुम तामाङलाई ७७ औं स्वतन्त्रता दिवस आयोजक समिति गोलीटारको अध्यक्षा चयनित गरेको छ भने उपाध्यक्षमा विजय प्रधान, महासचिव- प्रवीण मिश्र र योगेश धमला, कोषाध्यक्ष निशान्त सुब्बा अनि अन्यान्य उपसमिति चयनित गरेको छ। स्व. फूलमाया प्रधान स्मारक खुल्ला फूटबल टुर्नामेन्ट, स्व. महेश्वर मिश्र स्मारक अन्तर विद्यालय टुर्नामेन्ट, देशभक्ति नृत्य प्रतियोगिता, अनि विभिन्न रङ्गारङ्ग कार्यक्रमसहित विभिन्न खेलकूद प्रतियोगिता जस्ता आकर्षक कार्यक्रमहरु रह्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement