कालचिनी। अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा तथा कालचिनी थानाको सहयोगितामा आज कालचिनीस्थित साबित्री धर्मशालामा स्वेच्छा रक्तदान शिविरको आयोजना गरिएको जानकारी कालचिनी थाना प्रभारी टीएन लामाले दिएका छन्।
आज बिहान ११ बजीदेखि शुरु भएको उक्त रक्तदान शिविरमा पुलिस औ सिभिक भोलिन्टियर्स एवम् विभिन्न युवा युवतीहरूले रक्तदान गरेको थियो। प्रायः ३ बजीसम्म ५० यूनिट रक्त यूनिट सङ्ग्रह गरेर अलिपुरद्वार जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा जमा गरिएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।
मूलतः कम्युनिटी पुलिसिङ अन्तर्गत नै प्रत्येक महीना विभिन्न थाना क्षेत्रमा यस्तो रक्तदान शिविर सम्पन्न हुँदै आइरहेको र विशेषगरी अस्पतालको ब्लड ब्याङ्कमा रगतको अभावलाई ध्यानमा राखेर नै यो कार्य गरिएको पुलिस सुत्रले जनाएका छन्।
About Author
Post Views: 145