मंगरटोला युथ क्लबको रोमाञ्चक जीत

photocollage_2023715222926338.jpg

१५ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा मंगरटोला युथ क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा मंगरटोला युथ क्लबले पुटुंगलाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा मंगरटोला युथ क्लबबाट प्रवेश थापाले १०औं अनि पुटुंगको टीमबाट शेराप तामाङले ५७औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आइतवार खेलिने म्याचमा नक्सलबारी (नेहालजोत) र गाड़ीधुराबीच भिड़न्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *