दार्जीलिङ: गत २०१७को गोर्खाल्याण्ड आन्दोलनकालमा पक्राउ परेका नौ आन्दोलनकारीहरूलाई जेल मुक्त गराएकोमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधिवक्ताद्वय बन्दना राई र प्रताप खातीप्रति आभार जनाएका छन्।विगत २०१७ को गोर्खाल्याण्ड आन्दोलनकालमा डुवर्सको कुमार ग्राम निवासी श्याम कामी, देवराज लेप्चा, वीर पाडा डुवर्स निवासी दावा शेर्पा, महेन्द्र कामी, बाख्राकोर्ट निवासी पारस मंगर, राँगेरूङ निवासी नवीन राई, लङभ्यु खरसाङ निवासी सुरज प्रधान, टिष्टा निवासी फिरोज थापा र तकदाह ग्लेनवर्न निवासी अस्वीन राईलाई सदर पुलिसले पक्राउ गरेको थियो। साँढे पाँच वर्षभन्दा लामो समयसम्म उनीहरूले जेल बन्दीको जीवन बिताउँदै आईरहेका थिए। लोवर कोर्टमा धेरैचोटी जमानतको अर्जीहरू चढाउँदै आईरहेको भएता पनि उनीहरूको अर्जीलाई स्वीकार गरिएको थिएन। गत केही महिना अघि कोलकता उच्च न्यायलयमा जमानतको अर्जी चढाएका थिए। उक्त अर्जीकै आधारमा कोलकोता उच्च न्यायलययको जलपाइगढी सर्किट बेञ्चमा गत केही दिन सुनाई भएको थियो अनि उक्त सुनाईको क्रममा माननीय न्यायधीश महोदयले यी नौ आरोपीहरूको जमानतको अर्जीलाई स्वीकार गरेको थियो। यसै क्रममा हिज शुक्रबार स्थानीय न्यायलयले ती नौ आरोपीहरूलाई जेलमुक्त गर्ने आदेश जारी गरेपछि उनीहरू जेल मुक्त भएको छ। घरको पिता नै जेल बन्दीको यातनामा परेपछि यी आरोपीहरूको घर परिवारमा धेरै प्रकारको समस्याहरू आईपरेको थियो।

यी विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले तकदाह ग्लेनवर्ण निवासी अस्वीन गुरूङको घर परिवारलाई आर्थिक सहयोगहरू पुराउँदै आईरहेका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यी आन्दोलनकारीहरूको जेल मुक्तको कार्यले समस्त गोर्खा समुदायको सपनामा नयाँ आशाको किरण छाएको बताएका छन्। यद्यपि यात्राहरू कठीन र अझ चुनौतीपूर्ण हुन सक्छ तर उनीहरूको जेल मुक्तको कार्यले गोर्खा समुदायहरूमा उज्यालो भविष्य देखा परेको अध्यक्ष एडवाडर्सले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधिवक्ता बन्दना राई र प्रताप खातीप्रति यी आन्दोलनकारीहरूलाई जेल मुक्त गराउन सफल भएकोमा आभार जनाएका छन्।