देहरादूनमा आयोजित दुई दिवसीय स्वास्थ्य चिन्तन शिविर समाप्त

chintan_615

गान्तोक: देहरादुनमा अध्ययनरत सिक्किम राज्यका विद्यार्थीहरूसँग राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज भेट गरे। यस अवसरमा उनले विद्यार्थीहरूसँग अन्तक्रिया उनीहरूसँग बिहानको खाजा पनि खाए। उल्लेखनीय छ, देहरादुनमा आयोजित स्वास्थ्य चिन्तन शिविरमा सहभागी बन्ने पुगेका मुख्यमन्त्रीले कार्यक्रमको समापन पछि आज बिहान राज्यका विद्यार्थीहरूसँग भेट गर्दै उनीहरूको समस्या र गुनासो सुने।भेटको क्रममा मुख्यमन्त्री तामाङले उपचार गराइरहेका बिरामी, घरबाट टाढा अध्ययनरत विद्यार्थीलगायत आवश्यकता परेका व्यक्तिसम्म पुगेर उनीहरूको समस्या आफ्नो तर्फबाट सकेसम्म समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। यस अवसरमा वन र चिकित्सा विज्ञानमा विशेषज्ञ विद्यार्थीहरू थिए, जसले मुख्यमन्त्रीलाई आफ्ना समस्या साथै गुनासो राख्ने अवसर पाए। मुख्यमन्त्रीले विद्यार्थीहरूको गुनासो र समस्या राम्रोसँग सुनेपछि यसलाई मापदण्डअनुसार सम्बोधन गर्ने, उनीहरूको उज्ज्वल र सुरक्षित भविष्य सुनिश्चित गर्ने आश्वासन दिए।

यसका साथै मुख्यमन्त्री तामाङले भविष्यका नेता र राष्ट्रका अग्रगामी बन्ने परिकल्पनामा रहेका विद्यार्थीलाई स्वागतयोग्य वातावरण बनाउन राज्यले गरेका पहलबारे प्रकाश पारे।मुख्यमन्त्रीले कडा प्रतिस्पर्धाको सामना गर्दै पढाइमा आफूलाई समर्पित गर्नुपर्ने सुझाउ दिए। उनले विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा उत्कृष्ट बनाउन सक्दो सहयोग गर्ने आश्वासन पनि दिए। यति धेरै व्यस्तताबीच पनि मुख्यमन्त्रीले समय निकालेर आफूहरूसँग भेग गरेकोमा विद्यार्थीहरूले खुशी प्रकट गर्दै धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement