पाकिमः ७७औं स्वतन्त्रता दिवस समारोहलाई लिएर पाकिमको एडीसी (विकास) को कार्यालयमा आज पहिलो समन्वय बैठक आयोजन गरियो। बैठकको अध्यक्षता विधायकद्वय डीटी लेप्चा र एम प्रसाद तथा जिल्लापाल टाशी छोपेलले संयुक्त रूपमा गरेका थिए। गत वर्षको समारोहको आधारमा बैठकमा विभिन्न कमिटीहरू गठन गरियो। बैठकमा फुटबल प्रतियोगिताका विजेता दललाई चार लाख रूपियॉं र उप विजेता दललाई दुई लाख पचास हजार रूपियॉं प्रदान गर्न प्रायोजकहरू स्वीकृत गरियो।
बैठकले महिला र जुनियर वर्गमा खुल्ला फुटबल प्रतियोगिता र एमएलए एकादश बनाम डीसी एकादश स्पर्धा आयोजन गर्ने पनि निर्णय लियो। कार्यक्रमको सफल आयोजन सुनिश्चित गर्न कार्य योजनाहरूमाथि चर्चा गर्दै जिम्मेवारीहरू सुम्पियो। बैठकमा जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटिया, जिल्ला उपाध्यक्ष प्रभा प्रधान, ओएसडी कृषि पीके सुब्बा, वरिष्ठ पुलिस अधीक्षक केजी भोटिया, एडीसी अनुपा तामलिङ र एडीसी रबिन सेवा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
-हिस