गान्तोक: सिक्किम फुटबल एसोसिएसनद्वारा आयोजित प्रोबो सिक्किम प्रिमियर डिभीजन लीगको १९औं दिनको खेलमा मुख्य अतिथिकोरूपमा सिक्किम मोटर्सका प्रबन्धक निर्देशक प्रमोद दालमिया रहेका थिए। राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित प्रोबो सिक्किम प्रिमिर डीभीजन प्रतियोगिता अन्तर्गत आजको खेल युनाइटेड फुटबल क्लव बनाम कुमार एससीबीच सम्पन्न भएको थियो। यस प्रतियोगितामा दुई गोलको विरूद्ध पाँच गोल गरेर युनिटेड एफसी विजयी बन्यो।

यस जितसँगै युनाइटेड एफसीले दस अङ्क हासिल गर्न सफल बनेको छ। आजको यस प्रतियोगितामा सिक्किम युनाइटेड एफसीका कर्मा थेन्डुप भोटियालाई म्यान अफ् द म्याच घोषित गरियो।