कोलकाताः पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले आफ्नो प्रेस सचिव शेखर ब्यानर्जीलाई हटाएका छन्। मीडियाकर्मीहरूको तर्फबाट लगातार सम्पर्क गर्दा औं सूचनाको निम्ति बारम्बार अनुरोध गरेपनि उनले सही तरीकाले संवाद गर्न सकिरहेका थिएनन्।
केही दिनअघि राज्यपालले आफ्नो प्रमुख सचिव नन्दिनी चक्रवर्तीलाई हटाएका थिए, जसमा खूबै हंगामा भएको थियो। फेरि पर्यटन विभागले उनलाई पुनः लियो। अब पञ्चायत चनाउ ठीकपछि राज्यपाल सीवी आनन्द बोसले प्रेस सचिव शेखर ब्यानर्जीलाई हटाएका छन्।
यद्यपि, शेखर ब्यानर्जीलाई सचिवालयमा सूचना र संस्कृति विभागको उनको पुरानो पदमा पुनः लिइएको खबर छ। राज्यपालले कुनै आरोप सार्वजनिक गरेका छैनन्। यद्यपि, सूत्रहरू अनुसार, राज्यपाललाई पञ्चायत चुनाउमा अधिक हिंसाको जानकारी दिइएन भन्ने लाग्छ। उनले आफ्नो निकटतमहरूसित यसबारे चर्चा गरेका थिए, यसपछि उनीमाथि कारबाही भएको छ। वस्तुतः नवान्नले प्रेस सचिव पदको निम्ति तीन नामको सूची राजभवनलाई पठाएको थियो। यो सूची यही साल जनवरीमा राजभवनमा आएको थियो। राज्यपालले नवान्नको तर्फबाट तीन नामको सूची देखाएर साक्षात्कारपछि शेखर ब्यानर्जीलाई आफ्नो प्रेस सचिव रोजेका थिए।
-हिस