कालचिनीः ताजा सब्जी र धान एवम् अन्यान्य खेती गर्दा पनि हात्तीको गाँस हुने आशङ्काले बरु सुपाड़ी बघैचा लगाए यसले दीर्घकालसम्म आय हुने कुरालाई ध्यानमा राखेर लगाईएको सुपाड़ी खेती पनि जंगली हात्तीले सबै स्वाहा बनाएको र एकपल्ट होईन दुईपल्ट होईन घरिघरि सुपाड़ी बघैचा शेष बनाउँदै आईरहेको घटनाप्रति हाल उत्तर मेन्दाबारी गाउँका बासिन्दाहरूले क्षोभ व्यक्त गर्न थालेको छ। राम्रो आयश्रोत बन्ने आशामा लगाईएको सुपाड़ी बघैचा सबै हात्तीले भाँचेकोले अब अन्य आयश्रोतको बाटो नरहेको र यसको क्षतिपूर्तिको एक अंश पनि बन विभागले नदिएकोमा अब गाउँलेहरू विक्षुब्ध बन्न पुगेको छ।
स्थानीय गाउँले किसान कृष्ण मोचारी र परमोश्री मोचारीले अब धेरै भयो जंगली हात्तीको अत्याचार बन विभागले यसको भरपाई नगरे किसानहरू सबै आन्दोलनमा ओर्लिन बाध्य हुने चेताउनी समेत दिएका छन्। शुक्रबार राती पनि एक दल हात्ती पसेर सुपाड़ी बघैचा तहस नहस गरिदिएको अब बल्ल फूल्न थालेको सुपाड़ी गाँछहरू सबै निमिट्यान्न बनाएको यस्तै भए के कमाएर खाने भन्दै गाउँलेहरूले बिलौना पोखेका छन्।