खरसाङ: २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा पक्रा परेर विगत छ वर्षदेखि जेलमा रहेका ९ युवाहरूलाई जेलमुक्त गराएकोमा सत्यवान छेत्रीले अधिवक्ताद्वय प्रताप खाती र बन्दना राईप्रति आभार प्रकट गरेका छन्। सत्यवान छेत्रीले आज एक भिडियो जारी गर्दै विगत ६ वर्षदेखि कारावासको जीवन बिताईरहेका ९ जना युवाहरू हिजो छुटेका छन् र म एकजना गोर्खाल्याण्ड प्रेमी, माटो प्रेमी भएको नाताले म जस्तै गोर्खाल्याण्ड प्रेमी र माटो प्रेमी ९ जना युवाहरू कारावास जीवनबाट मुक्त भएर बाहिर निस्केकोमा म आफै धेरै खुशी छु अनि युवाहरूका रिहाईको लागि कार्य गरिदिने अधिवक्ताद्वय प्रताप खाती र बन्दना राईलाई धेरै धेरै धन्यवाद छ भनी बताएका छन्। उनले यस विषयमा भने, ‘मैले ९ जना युवाहरूको दु:ख, पीड़ा, समस्या सबै नजिकबाट बुझेको छु कारण मैले पनि उनीहरूसितै ११ महिना २८ दिन एकसाथ एकै कक्षामा बिताएको थिए। म बाहिर निस्केर युवाहरूका लागि केही गर्न सक्छु कि भनेर यता उता सहयोग मागिरहे। तर मेरो प्रयास सफल भएन अनि म पनि लाचार भएर बसेको थिए। तर हिजो युवाहरू रिहाई भएकोले म धेरै खुशी छु। युवाहरू रिहाई भएकोमा म गोर्खाल्याण्ड प्रेमी र माटो प्रेमीबाट धेरै धन्यवाद छ।”
सत्यवान् छेत्रीले अघि भने, ‘हाम्रो यहाँ राजनीति गर्ने नेताहरूले ती युवाहरूको अवस्था हेर्नु सक्नु हुन्छ। मैले १२ महिना एकसाथ जेल जीवन बिताएकोले सबै पीड़ा र कष्ट याद छ। धेरै दिनदेखि दु:खेसो हुँदा हुँदै पनि यो खुशीको कुराको लागि प्रताप खाती र बन्दना राई र टिमप्रति धेरै धन्यवाद छ।’ स्मरण गराइन्छ हिजो २०१७ मा भएको गोर्खाल्याण्ड आन्दोलनमा पक्रा परेर विगत छ वर्षदेखि जेलमा रहेका ९ जना युवाहरू जेलमुक्त भएका थिए। ती ९ जना युवाहरू क्रमैले सुरज प्रधान, श्याम कामी, देवराज लेप्चा, महेन्द्र कामी, फिरोज थापा, अश्विन गुरुङ अनि दावा शेर्पा, गौरव, नवीन राई आदि रहेका छन्।