खरसाङ: टुंग सन्तमेरिज समष्टि अन्तर्गत सन्तमेरिज ग्राम पञ्चायत एकका १७२ बुथ बेल्टार प्राथमिक पाठशाला, १७३ बुथ पटेल प्राथामिक पाठशाला अनि १७४ बुथ सन्तजेभिर्यस उच्चत्तर माध्यमिक विद्यालय दिलारामबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पञ्चायत समितिका उम्मेद्वार प्रमिला तामाङले आफ्नो प्रतिद्वन्द्वी निर्दलीय उम्मेदवारलाई पराजय गरेर बहुमतले बिजय बनेका छन्। बिजयी उम्मेद्वार प्रमिला तामाङले भनिन् -‘धेरै वर्षपछि पहाडका जनताले पञ्चायत चुनावमा सहभागिता जनाउन पाएका छन्। सबै दलहरूले खुल्ला रूपले चुनावमा भाग लिएर आ-आफ्नो समर्थकहरूको मन जित्न कति सफल भए भने कति विफल बने। मलाई पनि पार्टीले यस पदको निम्ति योग्य ठानेर मौका दियो र यसको निम्ति म भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापालाई ह्रदयबाट धन्यवाद टक्र्याउन चाहन्छु साथै मलाई आफ्नो बहुमुल्य भोट दिएर विजय गराउने सम्पूर्ण जनता अनि मलाई हरेक समयमा साथ अनि सहयोग दिने मेरा सहयोगीहरूलाई आभार व्यक्त गर्दछु। यसरी नै अघिल्लो दिनहरूमा पनि मलाई मेरो कार्यमा साथ दिने अपेक्षा साँचेको छु।’ तामाङ्गले म मेरो कार्यकालभरि नि:स्वार्थ भावनाले जनताको सेवा गर्ने ठानेकी छु भनी बताइन्।