दार्जिलिङ: दार्जिलिङको चुङथुङ मेरिबुङ समष्टि अन्तर्गत मेरिबुङ निवासी बिरेन्द्र थापाको जीर्ण अवस्थामा रहेको घर निर्माणको निम्ति विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग प्रदान गरेका थिए। आफ्नो आर्थिक अवस्था अति नै कमजोर रहेका कारण बिरेन्द्र थापाले समष्टिका प्रतिनिधिहरुलाई सहयोगको निम्ति अपिल गरेका थिए। आफ्नो समष्टि भ्रमणको क्रममा विधायक जिम्बाले बिरेन्द्र थापालाई भेटघाट गरी उक्त घरको निरीक्षण गरेर चेकमार्फत् आर्थिक सहयोग प्रदान गरेको समष्टि गोरानासं अध्यक्षा मन्दिरा थापाले जानकारी दिएका छन्।

उनले थप जानकारी गराउँदै भनिन्, विधायक निरज जिम्बाको सहयोगको कारण बिरेन्द्र थापाको घरको छाना साथै मरमत्ति कार्य सम्पन्न भएका छन्। यसको निम्ति चुङथुङ मेरिबुङ समष्टिको तर्फबाट विधायक जिम्बाप्रति आभारी छौं भनी मन्दिरा थापाले जनाएका छन्।