भारतीय एथलीट २०२४ पेरिस ओलम्पिकमा भाग लिन उत्साहित छन्ः प्रधानमन्त्री मोदी

IMG-20230715-WA0269.jpg

पेरिस: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार भारतीय एथलीट २०२४ पेरिस ओलम्पिकमा भाग लिनका लागि उत्साहित छन् भनी बताए। पीएम मोदीले बहु-खेल महाकुम्भको सफलतापूर्वक आयोजनको निम्ति फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोन र उनको टीमलाई शुभकामना दिए। प्रधानमन्त्री मोदी दुई दिवसीय फ्रान्स भ्रमणपछि संयुक्त अरब अमीरातमा पुगेका छन्। शुक्रबार एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपतिसॅंग सुयक्त संवाददाता सम्मेलनमा पीएम मोदीले भने, ‘भारतीय एथलीट आउँदो वर्ष पेरिस ओलम्पिकमा भाग लिनका लागि उत्साहित छन्। म यसको सफल आयोजनको निम्ति राष्ट्रपति मेक्रो र उनको टीमलाई शुभकामना दिँदछु।’
उल्लेखनीय छ, २०२४ ओलम्पिकको आयोजना २६ जुलाईदेखि ११ अगस्तसम्म पेरिसमा फ्रान्सद्वारा गरिनेछ। यसमा कूल ३५ स्थान रहनेछन्, जसमा ओलम्पिक गाउॅंको १० किलोभित्र स्थित १४ स्थलमा २४ ओलम्पिक खेलहरूको आयोजना गरिने छ। खेल पेरिसका छेउछाउ विभिन्न स्थानहरू जस्तै यवेलिन्स, हाउट्स-डी-सीन, सीन-एट-मार्ने र सीन-सेन्ट-डेनिसमा सम्पन्न गरिने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement