घृणात्मक भाषणको आरोपमा सपाका नेता आजम खान दोषी ठहर

2-0-449289841-Mohammad-Azam-Khan-12jpg-0_1680892813516_1689415680667.jpg

नयाँ दिल्ली: उत्तर प्रदेशको रामपुर अदालतले सपाका नेता आजम खानलाई सन् २०१९ को लोकसभा चुनावमा घृणात्मक भाषण दिएको आरोपमा दोषी ठहर गरेको छ। उनलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ। यसका साथै एक हजार रुपियाँ जरिमाना पनि लगाइएको छ। यसअघि रामपुरको सांसद-विधायक अदालतले पनि आजमलाई मामलामा दोषी ठहर गरेको थियो। सजायको घोषणापछि आजम खानले विधानसभाको सदस्यता गुमाएका छन्। रामपुरको शहजादनगर थानामा घृणात्मक भाषण दिएको आरोपमा आजम खानविरुद्ध मुद्दा दायर गरिएको थियो।
सन् २०१९ को लोकसभा चुनावमा आजम खानले विपक्षीमाथि हमला गर्दै बोलिरहेका थिए। यसै क्रममा उनले मुख्यमन्त्री आदित्यनाथ योगी, रामपुरका तत्कालीन जिल्ला चुनाव अधिकारी र चुनाव आयोगलाई तारो बनाएका थिए। यसको भिडियो भाइरल भयो, त्यसपछि तत्कालीन भिडियो निगरानी टोलीका प्रभारी अनिल कुमार चौहानले समाजवादी पार्टी नेताविरुद्ध मामला दायर गरेका थिए। यसअघि सांसद-विधायकको अदालतले आजम खानविरुद्ध घृणापूर्ण भाषणको मामला तीन वर्षको जेल सजाय सुनाएको थियो। यो सजायपछि आजम खानको विधानसभा सदस्यता फिर्ता लिइएको थियो। उपचुनावमा भाजपाका उम्मेदवार विजयी भएका थिए।
अहिले आजम खानको वाई श्रेणीको सुरक्षा हटाउने विषयमा पनि चर्चामा चलिरहेको छ। आजम खान अहिले विधायक पनि होइनन् सांसद पनि होइनन्। यस्तो स्थितिमा राज्य स्तरीय सुरक्षा समितिले हिजो उनको सुरक्षा फिर्ता लिएको छ। सपाले जानीबुझी आजम खानलाई तारो बनाएको आरोप योगी सरकारमाथि लगाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement