जलपाइगढ़ीः भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ) को १९५औं बटालियनको बर्डर आउट पोस्ट (बीओपी) चैलहाटीका सीमा प्रहरीहरूले तीन भारतीय तस्करलाई समाएका छन्। पक्रा परेका तस्करहरूको नाम मजीबुल हक (२३), आशिदुल हक सरकार (५०) र मोबारक हुसैन (२०) बताइएको छ।
जानकारी अनुसार, तीनैलाई त्यस समय समाइयो जब यिनीहरूले एउटा वाहन (टाटा एसीई) मा गुप्त रूपमा पशुहरूलाई भारतदेखि बांग्लादेशमा तस्करी गर्ने उद्देश्यले लगिरहेका थिए। तलाशी लिँदा टाटा एसीई वाहनबाट छह पशु, ३०० रूपियाँ र दुई मोबाइल जफत गरिएको छ। पक्रा परेका भारतीय नागरिकहरूलाई जफत गरिएको समानको साथ राजगंज थानालाई सुम्पिएको छ।
-हिस