कोलकाताः पञ्चायत चुनाउमा दक्षिण २४ परगनाको भांगड़मा हिसांको पछाड़ी बांग्लादेशको प्रतिबन्धित आतङ्की संगठऩ जमात उल मुजाहिदीन (जेएमबी) को भूमिका हुनसक्ने आशंका छ। केन्द्रिय गोप्य विभागले दाबी गरेको छ, उपद्रवको पछाड़ी बांग्लादेशी जेएमबी उग्रवादीहरू र रोहिङ्ग्याहरूको हात हुनसक्ने आशंकालाई खारेज गर्न मिल्दैन।
पञ्चायत चुनाउलाई लिएर गत एक महिनाभन्दा धेरै समयदेखि हलचल भइरहेछ। केन्द्रिय गोप्य एजेन्सीको भनाई छ, मतगणनाको दिन र रातमा लगातार भएको बमबारी र पुलिसमाथि गोलीबारी आम राजनीतिक कार्यकर्ताहरू वा लुकेका अपराधीहरूको काम होइन।
एजेन्सी अनुसार, सुदूर गाउँहरूका युवाहरूलाई भ्रमित पार्नका लागि बम र अवैध आग्नेयास्त्रहरूले हमला गरिन्दैछ। यो पहिलो अवसर होइन, यसअघि पनि पावर ग्रिड विरोधी आन्दोलन पनि हिंसक भएको थियो। राज्य प्रशासनले आन्दलनलाई सख्तीले निष्पादन गरेको थियो। यस पाली पनि मुख्यमन्त्री ममता ब्यानर्जीले पुलिसलाई उपद्रवीहरूलाई लगाम लगाउने निर्देश दिएकी छऩ्।
पञ्चायत चुनाउमा अशान्ति पछाड़ीको मास्टरमाइन्डको पहिचान गर्नका लागि सीआईडीलाई जाँच सुम्पिएको छ। शुक्रवार फोरेन्सिक र सीआईडीको टीम घटनास्थलमा गएको थियो। टीम कथलिया हाई स्कूल नजिक क्षेत्रमा पुग्यो र नमूना एकत्र गऱ्यो। सड़क छेउ जहाँ शव फेला परेको थियो, ती ठाउँहरूको जाँच गर्नका साथै रगतको नमूना पनि एकत्र गरिएको छ।
-हिस