कोलकाता: जुलाई १ अर्थात आजदेखि बजारहरूमा एकपल्ट प्रयोग हुने प्लास्टिक पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ। हिजोआज प्लास्टिकको प्रयोग मानिसको जीवनशैली भएको छl पहिला अलिक अनौठो लाग्ने भएका हुनाले बिस्तारै यसको प्रयोग नगर्ने बानी बस्नेछl प्लास्टिकमाथिको प्रतिबन्ध पर्यावरणको लागि एक महत्वपूर्ण पहल हो। सबै राज्यहरूलाई केन्द्रीय पर्यावरण विभागले आफ्नो राज्यमा एकपल्ट प्रयोग हुने प्लास्टिकको प्रतिबन्धमा कडा निगरानी राख्न निर्देशन दिएको छ। यसैलाई ध्यानमा राख्दै राज्य प्रदूषण नियन्त्रण बोर्डले दिशानिर्देशसहित एक सूचना जारी गरेको छ। यसअन्तर्गत प्लाष्टिक प्रतिबन्धसँगै नियम पालना गर्ने व्यवस्था पनि गरिएको छ।
तर, प्लाष्टिक प्रयोग गर्नेलाई जरिवानाको व्यवस्था छ। प्लाष्टिक प्रयोग गरेको पाइएमा पसललाई ५ सय र ग्राहकले ५० रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। यदि कसैले एप मार्फत यी विभिन्न प्लास्टिकको प्रयोगको खबर दियो भने उसलाई पुरस्कार दिइनेछ। तर, पुरस्कारको रकम भने तय भएको छैन। कोलकाता नगरनिगमले ४ जुलाईदेखि कोलकातामा प्लाष्टिक प्रतिबन्ध लगाउने अभियान सञ्चालन गर्नेछ, जसमा मानिसहरूलाई प्लास्टिक प्रतिबन्ध किन आवश्यक छ र यसको विकल्प के हुनसक्छ भनी बताइनेछ। मेयर फिरहाद हाकिमले प्लाष्टिकलाई एकै पटकमा हटाउन नसकिने बताए।











