१५ जुलाईः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले १९औं एशियन गेम्सको निम्ति भारतीय पुरुष अनि महिला क्रिकेट टीमको घोषणा गऱ्यो। पुरुष टीमको कप्तानी रुतुराज गायकवाड़ले गर्नेछन्। यस टीममा रिंकु सिंह, प्रभसिमरन सिंह, तिलक वर्मा र जितेश शर्मा जस्ता खेलाड़ीहरूलाई स्थान दिइएको छ, जसले आईपीएलमा असल प्रदर्शन गरेका थिए। एशियन गेम्सको आयोजन २३ सेप्टेम्बरदेखि ८ अक्टोबरबीच चीनको हांगझोउमा हुनेछ।
एशियन गेम्सका निम्ति पुरुष टीमः रुतुराज गायकवाड़ (कप्तान), यशस्वी जयसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे, प्रभसिमरन सिंह (विकेटकीपर)।
स्ट्याण्डबाई खेलाड़ीः यश ठाकुर, साई किशोर, भेंकटेश अय्यर, दीपक हुड्डा, साई सुदर्शन।
यसको साथमा बीसीसीआई-को महिला चयन समितिले पनि एशियन गेम्सको निम्ति टीमको चयन गऱ्यो। हरमनप्रीत कौर टीमकी कप्तान हुनेछिन्। यसरी स्मृति मन्धनालाई उपकप्तान नियुक्त गरिएको छ। एशियन गेम्समा महिला क्रिकेट प्रतियोगिता १९-देखि २८ सेप्टेम्बरबीच टी२० प्रारूपमा खेलिनेछ।
एशियन गेम्सका निम्ति महिला टीमः हरमनप्रीत कौर (कप्तान) स्मृति मन्धना, शेफाली वर्मा, जेमिमा रोड्रिग्स, दीप्ति शर्मा, रिचा घोष (विकेटकीपर), अमनजोत कौर, देविका वैद्य, अञ्जली सरवानी, तितास साधु, राजेश्वरी गायकवाड़, मिन्नु मणि, कनिका अहूजा, उमा छेत्री (विकेटकीपर), अनुशा बरेड्डी
स्ट्याण्डबाईः हरलीन देयोल, काशवी गौतम, स्नेह राणा, सैका इशाक, पूजा वस्त्राकर