सिलगढी : बागडोगराको मुनि चिया बगानबाट ११ फिट लामो अजिङ्गर फेला परेको छ। खबर पाएलगत्तै वन कर्मचारी घटनास्थलमा पुगेर अजिङ्गरलाई बरामद गरी आफूसँगै लगे। जानकारी अनुसार शनिबार बागडोग्राको मुनि चिया बगानमा स्थानीयले ठूलो अजिङ्गर देखेका थिए। त्यसपछि उनले तत्काल वन विभागलाई यसबारे जानकारी दिए। वनका कर्मचारीले घटनास्थल पुगेर सर्पलाई बरामद गरी नियन्त्रणमा लिएका थिए। सर्पको शारीरिक परीक्षणपछि घना जंगलमा छाड्ने वनकर्मीले बताएका छन्।