परिवारिक विवादमा श्रीमानले श्रीमतीको हत्या

4b91c418-a055-498c-b329-ef0cc4738b03

सिलगढी: श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। घटना सिलगढी महकुमा परिषद अन्तर्गत फाँसीदेवा ब्लकको कोकराजोट गाउँ क्षेत्रमा गएराति भएको हो। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो। शव पोस्टमार्टमका लागि शनिबार उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइएको छ। श्रीमान्–श्रीमतीबीच केही दिनदेखि पारिवारिक विवाद चलिरहेको बताइएको छ। राति परिवारका सबै सदस्य घरमा खाई पिएर सुतेका थिए। एक्कासी आवाज सुनेर आरोपी पति रञ्जित सोरेनकी बहिनी लक्ष्मी सोरेन कोठाबाट बाहिर निस्किन्। त्यसपछि मात्र उनले भाउजु कविता सोरेन रगत लतपतिएको अवस्थामा देखे। त्यसपछि चिच्याउन थाल्यो। त्यसपछि आरोपी रञ्जित त्यहाँबाट भागेर पुलिस थानामा आत्मसमर्पण गरेका थिए। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement