नाम्चीमा २०९ओैं भानुजयन्ती समारोह

ef0581af-3a35-49a9-bbe8-6c2607e95012

नाम्चीः हिजो अफिसर्स क्लब नाम्चीमा २०९ओैं भानुजयन्ती समारोहको आयोजना जिल्ला प्रशासनिक केन्द्र नाम्ची र दक्षिण सिक्किम साहित्य सम्मेलनको संयुक्त आयोजमामा सम्पन्न भएको छ ।यस समारोहका सभाध्यक्षता अतिरिक्त जिल्लापाल हुनुहुन्थ्यो भने मुख्य अतिथिमा श्री अमर बानियाँ “लोहोरो” र विशिष्ट अतिथिमा श्री प्रेम मुखिया “वैरागी”आदि हुनुहुन्थ्यो। यसरी नै विभिन्न विभागका सरकारी अधिकारीवर्ग, साहित्यकारवर्ग, शिक्षक-शिक्षिकावर्ग विद्यार्थीवर्ग, साहित्यिक संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिव, केन्द्रीय कार्यकारिणीगण र वरिष्ठ चित्रकारहरूको बाक्लो उपस्थित रहेको थियो। झरीको समयमा पनि यति ठूलो र भव्यताको साथ कार्यक्रम सम्पन्न गर्नु भनेको हाम्रो एकता र सहयोगले नै सम्भव भएको हो अनि यो हामी सबैको उपलब्धि पनि हो। यसमा सबै बधाईका पात्र बनेका छन्।
कार्यक्रमको शुरुआतमा भानु सालिक परिसरबाट दीप प्रज्वलन तथा भानुको प्रतिमामा माल्यार्पण पछि शोभा यात्रा गर्दै अफिसर्स क्लबमा पुग्यो त्यसपछि दीप प्रज्वलन, अतिरिक्त जिल्लापालको स्वागत सम्बोधन पछि कार्यक्रमको क्रम सङ्ख्या अघि बढ्दै गयो। सभालाई सञ्चालन श्री सुरेश सुब्बा “वियोगी” महासचिव र श्री गणेश छेत्री उपाध्यक्षले बहन गरेका थिए।
मुख्य अतिथि श्री अमर बानियाँ “लोहोरो” वरिष्ठ साहित्यकारले भाषा र साहित्य सम्बन्धित खूबै महत्त्वपूर्ण भनाइहरू सभामा राख्नुभयो भने विशिष्ट अतिथि श्री प्रेम मुखिया “वैरागी”वरिष्ठ साहित्यकारले पनि साहित्य सम्बन्धित खूबै रोचक भनाइ सभामा राख्नुभयो।
कविता पाठ प्रतियोगिताको सञ्चालनको भार श्री सरमान सुब्बा “रसिक” र श्री पेम नर्बु शेर्पा “ज्योतिले बहन गरेका थिए भने कविता पाठ प्रतियोगिताको निर्णायक मण्डलीमा क्रमैले श्री दुर्गा गौतम प्राध्यापक नेपाली विभाग कामराङ कलेज, डा-युगल किशोर खनाल शिक्षा विभाग कामराङ कलेज र धन नीरव प्रधान वरिष्ठ साहित्यकार आदिले निर्णायकको भूमिका बहन गरेका थिए भने नेपाली लोक नृत्यको निर्णायक मण्डलीमा श्रीमती सुषमा छेत्री, सुश्री रेष्मा राई र सुश्री एलीना सुब्बा आदिले बहन गरेका थिए। यसरी नै चित्रकलाको निम्ति इन्द्रधनुष चित्रकला संस्थान स्वयंले बहन गरेका थिए।
उक्त उल्लेख गरिएको प्रतियोगितामा जो जसले सहभागी जनाएको थियो त्यसभित्रीबाट पहिलो, दोस्रो र तेस्रो हुने सबै विजेताहरूलाई स्मृति चिन्ह र प्रमाणपत्र सहित रकम प्रदान गरियो। कार्यक्रमको मुख्य आकर्षण प्रथम नेपाल पोइट आइडल सुश्री निलम गुरुङ र श्री सामतेन दोर्जी लेप्चा (रामायणलाई लेप्चा भाषामा अनुवाद) लाई अभिनन्दन गर्नु रहेको थियो भने सुश्री निलम गुरुङको कविता वाचन कार्यक्रम पनि सामेल रहेको थियो। यसरी नै बाल गायक भविन राई र बाल गायिका श्रद्रा राईको आफ्नो प्रस्तुतिसँगै उनीहरूलाई स्मृति चिन्ह प्रदान गर्यो। अन्तमा दलमान डी गुरुङ अध्यक्षको धन्यवाद ज्ञापन कार्यक्रम पछि आजको सभा समापन भएको घोषणा भएको जानकारी दक्षिण सिक्किम साहित्य सम्मेलनका प्रचार सचिव श्री पेम नर्बु शेर्पा ‘ज्योति’ ले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement