सिलगढी: फुलबारीमा बस र कन्टेनर ठोक्किएर दुर्घटना भएको छ। घटनाबाट बसका यात्रीहरू जोगिएका छन्। घटना शनिबार बिहान सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्गको फुलबारी बाइपास मोडमा भएको हो। एउटा बस शिलङबाट सिललगढीतर्फ आउँदै गरेको थाहा भएको छ। बस फुलबारी बाइपास मोड नजिकैको क्षेत्रमा पुग्दा विपरीत दिशाबाट आएको कन्टेनरसँग ठोक्किएको हो।
यस घटनामा कुनै हताहतीको खबर नभए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ। खबर पाएलगत्तै फुलबारी राजमार्ग ट्राफिक गार्ड र एनजेपी चौकी घटनास्थल पुगेका थिए। दुवै गाडीलाई नियन्त्रणमा लिएर पुलिसमा राखिएको छ। यस विषयमा अनुसन्धान भईरहेको छ।