चर्चाद्वारा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई छाता र कलम वितरण

कालचिनी। सहयोगिताको हात बढ़ाउँदै आज मेचपाड़ा ८ नम्बर स्थित न्यू इन्डिया चर्च अफ गडको पक्षबाट मेचपाड़ा ८ नम्बर स्थित कुमार थापा नेपाली प्राथमिकको विद्यार्थीहरूलाई बर्षाकालमा भिजेर स्कूल जान नपरोस भन्दै एक एकवटा छातासहित कलम वितरण गरिएको जानकारी समाजसेवी तथा पास्टर कमल जोनाथन सुब्बाले दिएका छन्।
स्कूल परिसरमा पुगेर स्कूलका प्रधान अध्यापक सतिश लामा लगायत सहशिक्षकहरु रोशन बागदास, सुभद्रा सुब्बा, सोबी लामा एवम् चर्चका सदस्यहरु भूतपूर्व सेना पञ्चु लामा र सामुएल सुब्बाको बाहुलीबाट उक्त छाता र कलमहरु वितरण गरिएको थियो। यस अवसरमा चर्चका प्रमुख तथा समाजसेवी पास्टर कमल जोनाथन सुब्बाले धर्म सम्प्रदाय नहेरी आफू पनि पहिला यही स्कूलको छात्रा रहेको हैसियतमा छाता र कलमहरू विद्यार्थीहरूको आवश्यकता रहेको महशुस गर्दै सानो मदत मात्र गरिएको जनाएका छन्।
स्कूलका प्रधान अध्यापक सतिश लामाले स्थानीय समाजसेवी औ अभिभावकको हैसियतमा आज छात्राहरूलाई यसरी मदच गरेकोमा कमल सुब्बा र तिनको टोलीप्रति आभार रहेको बताउँदै स्कूलको शिक्षा र अन्यान्य विषयहरूमा यसरी नै सबै अभिभावकहरूले चासो राखेको असल हुने र स्कूललाई विकसित गर्न मदत पुग्ने जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *