१५ जुलाईः न्यू जेनेरेशन फूटबल एसोसिएशनको आयोजनमा बुङुकुलुङमा सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा हुने यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २५०० रुपियाँ रहेको छ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमलाई स्थान दिइनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूले सर्कुलरमा दिइएको नम्बरमा सम्पर्क गर्न सक्नेछन्।