कोविड़ भारत: कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,४३२

IMG-20230530-WA0287.jpg

कोरोनाकाे ५९ नयाँ मामिला, १ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९४,८७८ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले हिमाचल प्रदेशमा १ जनाको मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,९१५ पुगेको छ। यसरी नै यस अवधिमा ६६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६१,५३१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,४३२ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४८,४९९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,३२,४२,४७५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ५६३ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,४७,६६६ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement