कोलकाता: पश्चिम बंगालको त्रिस्तरीय पंचायत चुनावको हिंसामा घाइते भएका अझ एक व्यक्तिको मृत्यु भएको छ। मृतकको नाम शेख मुसल्लम बताइएको छ। दक्षिण २४ परगनाको भांगडको कठालिया निवासी शेख मुसल्लमसॅंग कुटपिट गरिएको आरोप आईएसएफका कार्यकर्ताहरूमाथि लागेको छ। परिवारका सदस्यहरूले भने, मतदानअघि सात जुलाई राति आईएसएफ कार्यकर्ताहरूले शेख मुसल्लमलाई बाटोमा घेरेर लट्ठी-डण्ठा र रडले कुटपित गरेको थियो। शुक्रवार राति उनले अस्पतालमा अन्तिम सास लिए।
उल्लेखनीय छ, चुनाव घोषणा भएदेखि नै दक्षिण २४ परगनाको भांगड सबैभन्दा धेरै हिंसाग्रस्त रह्यो। यहॉंका स्थानीय विधायक नौशाद सिद्दीकीलाई चुनाउको समय क्षेत्रमा प्रवेश गर्ने अनुमति थिएन। अझै पनि धारा १४४ लागू छ। शुक्रबार उनी आफ्नो विधानसभा क्षेत्रमा जाने प्रयास गरिरहेका थिए। पुलिसले उनलाई बाटोमा रोके। अब तृणमूल कार्यकर्ताको मृत्युपछि फेरि तनाउको स्थिति उत्पन्न भएको छ। यसका साथै पञ्चायत चुनाउमा मर्नेहरूको संख्या बढ़ेर ५३ पुगेको छ। -हिस