खरसाङमा भेटरन्स अनि महिला फूटबल टुर्नामेण्ट शुरु

IMG-20230715-WA0109.jpg

१५ जुलाईः हिल्स फूटबल एकाडमीको आयोजनमा भेटरन्स (फोर्टी प्लस) अनि आमन्त्रणी महिला फूटबल टुर्नामेण्ट शुक्रवार (१४ जुलाई)-देखि शुरु भयो। स्थानीय मण्टिभियट खेल मैदानमा पहिलो दिन भेटरन्स टुर्नामेण्टको दुईवटा म्याच खेलियो। पहिलो म्याचमा थर्ड माईल चिम्नीले सोनादालाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा सोनादा बी टीमले सिटोंगलाई ९-१-ले पराजित गऱ्यो। सेभेन ए साइड भेटरन्स टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। भेटरन्स र महिला दुवै टुर्नामेण्टको ६ अगस्तमा हुने हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement