इस्लामपुर: चन्द्रयान-३ को क्यामेरा पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर निवासी अनुज नन्दीले डिजाइन गरेका हुन्। चन्द्रयानले हिजो आफ्नो गन्तव्यतर्फ यात्रा शुरु गरेपछि जिल्लाभर खुसीको लहर छाएको छ। उनको सफलताले इस्लामपुरका बासिन्दाहरु निकै खुशी भएका छन्। उनको उपलब्धिमा परिवारका सदस्य र नगरवासीले गर्व महसुस गरेका छन्।