डुगामा भानु जयन्ती

FXhYPxiVUAExeiY20220713054607.jpg

गान्तोक: सरकारी सेवानिवृत कर्मचारी कल्याण संघ पश्चिम पाण्डाम र सनराइज अकादमीको संयुक्त भागीदारीमा डुगामा आदिकवि भानुभक्त आचार्यको २०९औं जयन्ती भव्य रूपमा पालन गरियो} भानु जयन्ती समारोह आयोजन समिति सभापति उपेन सिलालको स्वागत सम्बोधनबाट समारोहमा मुख्य अतिथिको रूपमा अवकाश प्राप्त अधिकारी केपी सुबेदी र अन्य विशिष्ट अतिथिहरुको बाहुलीबाट दीप प्रज्वलंन र माल्यार्पण गरियो। कार्यक्रममा पारम्परिक पोषाक प्रदर्शन प्रतियोगिता, रामायण पाठ, कविता पाठ, नाटक र अन्य प्रकारका विभिन्न कार्यक्रमहरु आयोजित गरिएको थियो। सेवानिवृत अधिकारी डीबी बिस्वकर्म, संघका उपसभापति सीबी गुरुङ, सुरेन्द्र कुमार ढूंगेल, पदम दाहाल, केके प्रधान आदिले कविता वाचन गरे भने अवकाश प्राप्त सेना अधिकारी ध्रुब चौहानले नृत्य प्रस्तुत गरे। सनराइज अकादमीका अभिभावक संजीत छेत्रीले कविता वाचन गरे। अकादमीका प्रमुक डीबी छेत्रीको तयारीमा स्कूलका विध्यायर्थीहरुको निम्ति पनि पुरस्कार प्रदान कार्यक्रम आयोजित गरिएको थियो। संघका महासचिव पर्शुराम राईको धन्यवाद ज्ञापनको साथ समारोहबीच वरिष्ठ कवयत्री के के प्रधानलाई संघको तर्फबाट नको समाज र साहित्यप्रतिको सेवाको कदर गर्दै अभिनन्दन गरियो। उनलाई संघद्वारा अभिनन्दन प को साथ शल र खदा प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement