भोटको नम्बरमा हामी हारेका छौं तर हामी हाम्रो भिजनबाट हारेका छैनौ: समिना राई

IMG-20230714-WA0258.jpg

दार्जीलिङ: भोटको नम्बरबाट हामी हारेका छौ तर हामी हाम्रो भिजनबाट हारेका छैनौ भन्दै हाम्रो पार्टीको उम्मेद्वार समिना राईले भनेकी छिन। हाम्रो पार्टीले समिना राईलाई रेलिङ ग्राम पंचायत सदस्यको चूनावमा खडा गरेका थिए।थोरै मार्जिनमा पराजय भएका समिना राईले आफ्नो पराजयलाई स्वीकार्दै भोटको नम्बरबाट हामी हारेका छौं तर हामी हाम्रो भिजनबाट हारेका छैनौ तिनले भने। हाम्रो गाउँ सुन्दर बनाउँ,विकासित बनाउँ भन्ने हेतुले हामी चूनावी मैदानमा ओर्लिएका थियौ। हामी हाम्रो भिजनमा पूग्न यस पटक सफल हुन सकेनौ तर हामीले हरेश खाएका छैनौ,हाम्रो प्रयास निरन्तर रहनेछ राईले भने। तिनले विजय उम्मेद्वारलाई बधाई र शुभकामना दिन्दै गाउँको विकास र उन्नतिको कामना पनि गरेका छन। त्यसरी नै दार्जीलिङ, खरसाङ, कालेबुङ सबै क्षेत्रका विजय उम्मेद्वारहरूलाई बधाई र शुभकामना पनि समिना राईले दिएकी छिन। तिनले आफ्नो भिजनलाई हेरेर जो जति मतदाताहरूले आफुलाई भोट दिए उनीहरूप्रति आभार जनाएकी छिन।

About Author

Advertisement