आकांक्षी जिल्ला कार्यक्रममा सोरेङ जिल्ला देशमै अब्बल

soreng_158

गान्तोकः सिक्किमको सोरेङ जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै मई महिनाको आकांक्षी जिल्ला कार्यक्रममा देशमै अब्बल बनेको छ। देशभरिका कूल ११२ जिल्लामा सोरेङ जिल्लाले प्रथम स्थान प्राप्त गरेको छ। यस उपलब्धिप्रति सोरेङ जिल्ला प्रशासनले हर्ष व्यक्त गरेको छ।

आकांक्षी जिल्ला कार्यक्रमको शुरूवात देशका प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी, २०१८ मा गरेका थिए। यस कार्यक्रमको उद्देश्य देशका सबैभन्दा अल्पविकसित ११२ जिल्लालाई शीघ्र अनि प्रभावशाली ढंगमा परिवर्तन गर्नु रहेको छ। यी जिल्लाहरूबीच ४९ प्रमुख कार्यसम्पादन सूचकहरूमा गरिएको वृद्धिशील प्रगतिको आधारमा ऱ्याङ्किङ तय गरिन्छ।

सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आकांक्षी जिल्ला कार्यक्रम अन्तर्गत नीति आयोगले जिल्लाको प्रगतिमाथि निगरानी राख्ने गरेको र उत्कृष्ट प्रदर्शन गर्ने जिल्लाहरूलाई अतिरिक्त कोष आवण्टन गरिने बताएका छन्। उनले आकांक्षी जिल्लाहरूको डेल्टा ऱ्याङ्किङ र प्रदर्शनको आधारमा सोरेङले स्वास्थ्य एवं पोषणमा प्रथम, शिक्षामा १०, कृषि एवं जल संसाधनमा ७, वित्तीय समावेशीकरणमा १० र कौशल विकास र पूर्वाधारमा १२औं स्थान प्राप्त गरेको जानकारी गराएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement