सिक्किमका राज्यपाल र मुख्यमन्त्रीद्वारा राष्ट्रिय चिकित्सक दिवस २०२२ को शुभकामना

गान्तोक। सिक्किमका राज्यपाल गंगा प्रसादले आफ्नो सन्देशमा भनेका छन्, डाक्टरहरूको सम्मानमा हरेक साल १ जुलाई राष्ट्रिय चिकित्सक दिवस मनाउने गरिन्छ। राष्ट्रिय चिकित्सक दिवस २०२२ को थीम ‘फ्यामिली डक्टर्स अन् द फ्रण्ट लाइन’ रहेको छ। यो थीम ती सबै डाक्टर र स्वास्थ्य कर्मीहरूलाई समर्पित छ, जो निस्वार्थ भावले हामी र हाम्रा परिवारलाई ती क्षणहरूमा साथ दिन्छन् जब हामीलाई उनीहरूको नितान्त खॉंचो हुन्छ। आफ्ना परिवारहरूबाट टाडा रहेर, कहिलेकाहीं स्वयंको जीवनसॅंग सम्झौता गर्दै करुणा भावले सबैको सेवामा तत्पर रहन्छन्। राज्यपालले सबैलाई सेवाभाव, समर्पण र करुणाको निम्ति कोटि कोटि धन्यवाद दिएका छन्।
यता मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय चिकित्सक दिवसमा चिकित्सकहरूको निरन्तर समर्पण र कर्तव्य चेतनालाई सम्मान जनाउॅंदै सबै चिकित्सकहरूप्रति कृतज्ञता व्यक्ति गरेका छन्। आफ्नो सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, चिकित्सकहरू हाम्रो समाजको अभिन्न अंग हुन् र हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। उनीहरू अरूको सेवामा आफुलाई समर्पित गर्छन्, आफ्नो शपतमा सच्चा रहन्छन्, चुनौतीहरूको पर्वाह नगरि आफ्नो कर्तव्यमा आफुलाई समर्पित गर्छन्।

राष्ट्रिय चिकित्सक दिवस भारतमा १९९१ देखि पश्चिम बंगालका दोस्रो मुख्यमन्त्री डा. विधानचन्द्र रोयको समाजप्रति अतुलनीय योगदानको सम्मानमा पालन गरिॅंदै आएको छ। यस दिनले हामीलाई अत्यन्त समर्पणका साथ अथक परिश्रम गर्ने चिकित्सकहरूलाई धन्यवाद दिने अवसर प्रदान गर्दछ। समाज सेवाको बाटोमा गर्वका साथ हिड्न प्रोत्साहन र उत्प्रेरित गर्न उनीहरूको प्रयासको प्रशंसा गर्नुपर्छ।
मुख्यमन्त्रीले स्वास्थ्य राज्य सरकारको एउटा प्राथमिक क्षेत्र रहेको बताउॅंदै सरकार चिकित्सकहरूलाई उपयुक्त काम गर्ने वातावरण र पूर्वाधार उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *