सर्वोच्च अदालत: शिवसेना विधायकहरू विरूद्ध अयोग्यता याचिकामा स्पीकरलाई नोटिस

Supreme-Court

नयाँ दिल्ली: सर्वोच्च अदालतले एकनाथ शिन्दे नेतृत्व बागी विधायकहरू विरूद्ध अयोग्यता याचिकाहरूमा शीघ्र फसेला लिने निर्देश दिने माग गरिएको शिवसेना उद्धव ठाकरे गुटका विधायक सुनील प्रभुको याचिकामा शुक्रबार सुनवाई गऱ्यो। चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षता रहेको पीठले महाराष्ट्र विधानसभाका स्पीकरलाई नोटिस जारी गरेको छ। मामिलाको आगामी सुनवाई दुई हप्तापछि हुनेछ।

सुनील प्रभुले सर्वोच्च अदालतमा याचिका दर्ता गरी महाराष्ट्र विधानसभा स्पीकरलाई अयोग्यता याचिकाहरूमा शीघ्र फसेला गर्ने निर्देश दिने माग गरेका छन्। याचिकामा सर्वोच्च अदालतको ११ मईको फसेलाको उल्लेख गरिएको छ, जसमा सर्वोच्च अदालतले भनेको थियो, ‘स्पीकरले लम्बित अयोग्यता याचिकाहरूमा उचित अवधिभित्र फसेला गरोस्l’ यस आदेशपछि पनि महाराष्ट्र विधानसभाका स्पीकरले यस सम्बन्धमा कुनै कदम उठाएका छैनन् जबकि याचिकाकर्ताले यस सम्बऩ्धमा स्पीकरलाई अगावै तीनवटा ज्ञापन दिइसकेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement