गान्तोकः लगातार रूपमा परिरहेको पानीले राज्यका विभिन्न ठाउॅंहरूमा पैह्रो जाने घटना बढ्न थालेका छन्। यसै क्रममा बिहिवार रातभरि परेको पानीले राजधानीको इन्दिरा बाइपास रोडमा पैह्रो गएको छ। पैह्रोले बाटोको आधा भाग नै चुडेर लगेपछि यातायात ठप बनेको छ।
अबिरल वर्षाले बाइपास रोड अन्तर्गत आरिथाङ फाटक छेउ बाटोमुनि पैह्रो गएको छ। पैह्रोको चपेटमा परेर बाटोको आधा भाग नै चुडेको छ। यस कारण बाइपासबाट एसटीएनएम अस्पताल र जिल्ला प्रशासनिक केन्द्र जाने बाटो अवरुद्ध भएको छ। यात्रीहरूलाई वैकल्पिक मार्ग भएर यी ठाउॅंहरू जाने प्रशासनले सुझाउ दिएको छ।
पैह्रो झरेपछि बाटो माथि अवस्थित बिल्डिङहरूलाई पनि खतरा उत्पन्न भएको छ। यद्यपि, सम्बन्धित विभागद्वारा पैह्रो रोकथाम गर्न अविलम्ब पहल शुरू गरिएको छ। पैह्रो गएको खबर थाहा पाएपछि आज सडक एवं पुल विभाग मन्त्री साम्डुप लेप्चाले घटनास्थलको निरीक्षण गरे। उनले अधिकारीहरूलाई पैह्रो रोकथाम अनि यातायात पुनर्बहालको निम्ति शीघ्र पहल गर्न निर्देश दिएका छन्।

यसैगरी, सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले पनि पैह्रो स्थलको निरीक्षण गरेका छन्। उनले यस विषयमा सम्बन्धित विभागका अधिकारीहरूसॅंग चॉंडो यातायात बहाल गर्न चर्चा गरेको कुरा आफ्नो आधिकारिक फेसबुक पेजमा बताएका छन्।